जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव  | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव 

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय सैली परिवर्तन गर्नु पर्ने बताएका छन् । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उनले संविधान संसोधनमार्फत १० प्रदेशको सैलीमा जाने बताए । कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए ।  उनले आन्दाेलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेकाे र अब आर्थिक  विकास र सम्मृद्धिकाे आन्दाेलनमा जानु पर्ने उनले बताए । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने बताए ।

देशकाे बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्ने बताए ।

Leave a Reply