धार्मिक–ऐतिहासिक स्थलको वृहत्तर विकासको खाका तर्जुमा गर्दै हलेसी तुवाचुङ नगरपालिका  | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

धार्मिक–ऐतिहासिक स्थलको वृहत्तर विकासको खाका तर्जुमा गर्दै हलेसी तुवाचुङ नगरपालिका 

खोटाङ। खोटाङको हलेसी तवाचुङ नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि योजना तर्जुमा थालेको छ । त्रि–धार्मिकस्थल हलेसीबाट परिचित नगरपालिकाले किरात समुदायको उद्गम थलो तुवाचुङ, खोक्चिलिपा, होलेसुङ गढी, सल्ले पोखरी लगायतको पर्यटन प्रवर्धनका लागि योजना तर्जुमाको काम थालेको हो । आर्थिक वर्ष २०७९/०८० मा धार्मिक, साँस्कृतिक तथा पर्यटन क्षेत्रका लागि दुई करोड ८० लाख बजेट विनियोजन गरेको नगरपालिकाले हलेसी क्षेत्रको सांस्कृतिक–ऐतिहासिक स्थलहरुको वृहत्तर विकासको खाका तर्जुमाका लागि मंगलबार सम्पदासँग सरोकार राख्ने विज्ञ समुह तथा जानकार व्यक्तिबाट राय तथा सुझाव संकलन गरेको छ । नगरभित्रका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण सम्पदाका रुपमा रहेको तुवाचुङ, सल्ले पोखरी, खोक्चिलिपा र होलेसुङ गढीको संरक्षण, संवद्र्धन, प्रचार–प्रसार तथा उचित विकासका लागि योजना तर्जुमा गर्न वृहत छलफल कार्यक्रम गरेर सुझाव संकलन गरिएको हलेसी तवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् ।  नगरपालिकाले चालु आर्थिक वर्ष सल्ले पोखरीका लागि ८० लाख, तुवाचुङ संरक्षणका लागि ४५ लाख, खोक्चिलिपा संरक्षणका लागि ४० लाख, रक गार्डेनका लागि ३० लाख, होलेसुङपार्कका लागि १५ लाख, गुप्तेश्वरका लागि १० लाख, गुप्तेश्वर र सुत्केरी ढुंगा संरक्षणका लागि आठ लाख बजेट विनियोजन गरेको छ । यस्तै, ताराखसे संरक्षणका लागि आठ लाख, लावाचुङ संरक्षणका लागि सात लाख, होलेसुङ, खिम्ले दरवार, बोझे ओढार संरक्षणका लागि सात लाख, खाम्तेलगढी संरक्षणका लागि पाँच लाख, भुम्जुगढी पर्यटकीय क्षेत्रका लागि पाँच लाख, पहरेबेँसी एग्रो पर्यटनका लागि पाँच लाख, सोलेभीर संरक्षणका लागि चार लाख, देविस्थान सोलेमपार्क निर्माणका लागि चार लाख, भूमेस्थान संरक्षणका लागि चार लाख र शिव पार्वती मन्दीरका लागि तीन लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । तिनै धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि विनियोजित बजेटको उचित कार्यान्वयनका सन्दर्भमा नगरपालिकाले विज्ञ तथा जानकार व्यक्तिबाट राय तथा सुझाव लिएको हो । ‘नगरको धार्मिक, साँस्कृतिक र ऐतिहासिकस्थलको विकासका लागि बजेट विनियोजन गरेका छौँ । हामी त्यसलाई फलदायीरुपमा कार्यान्वयन गर्ने जमर्कोमा छौँ,’ मेयर राईले भनिन्, ‘कुन ठाउँमा कस्तो विकास गर्न सकिन्छ, कस्तो संरचना बनाउने ? कसरी बनाउने भन्ने वारेमा राय लिइरहेका छौँ । सवैको रायका आधारमा धार्मिक, साँस्कृतिक र ऐतिहासिकस्थलको प्रवर्धनको काम अघि बढ्नेछ ।’  विज्ञ तथा जानकार श्रोतव्यक्तीले धार्मिक, सांस्कृतिक र ऐतिहासिकताको आधारमा डिपिआर तयार पारेर सांस्कृतिक–ऐतिहासिक स्थलहरुको वृहत् विकासको खाका तयार पार्न सुझाव दिएका छन् । मुन्धुम अध्येता भोगीराज चाम्लिङले हलेसी गुफालाई केन्द्रमा राखेर ताराखसे, हलेसी गढी, बुङालुङ, रोसुङ्तो, तुवाचुङ, गुप्तेश्वर, सल्ले पोखरी लगायतलाई जोड्ने गरी सांस्कृतिक सर्किट निर्माण गर्दै सोही आधारमा भौतिक लगायतका विकासको रुपरेखा तयार पार्न सुझाव दिएका छन् । ‘मानव सभ्यताको सुरुवात थलो मानिने तुवाचुङलाई साझा किरात सांस्कृतिक सम्पदाका रुपमा विकास गर्नुपर्छ । यसका हकमा पहिला विस्तृत प्राज्ञिक अनुसन्धान जरुरी छ,’ चाम्लिङले भने, ‘मध्यपहाडी लोकमार्गको जयराम–बिजुले खण्डलाई सांस्कृतिक–प्राकृतिक हाइवेमा परिणत गरौं । लोकमार्गको छेउछेउमा स्थानीय पहिचान झल्किने सांस्कृतिक पार्कहरु निर्माण गरौं । यसका लागि कदुवामा देवाली पूजा पार्क, खोक्सेलीमा बालन पार्क, दुर्छिममा साकेला पार्क, जयराममा ढ्वाङ्कुमो पार्क बनाउन सकिन्छ ।’

राय संकलनका लागि नगरपालिकाले किरात राई यायोक्खा, केन्द्रीय समिति, तुवाचुङ जायजुम संरक्षण समिति, किरात राई यायोक्खा, जिल्ला कार्य समिति, अर्थमन्त्रालयका शाखा अधिकृत भोगिराज राई, मुन्धुम अध्येता चाम्लिङ, संस्कृतिकर्मी जीतराज राई, मविन्द्र राई लगायतलाई बोलाएको थियो ।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

१ मिनेट अघि

Avec Bonus Roulette Manuel: Revue Expert

५ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

५ घन्टा अघि