भुसालका चुनावी बाचा : पूर्वाधार विकासदेखि कलसेन्टरसम्म  | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

भुसालका चुनावी बाचा : पूर्वाधार विकासदेखि कलसेन्टरसम्म 

अर्घाखाँची। राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका पूर्व पत्रकार हरिप्रसाद भुसालले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् ।लामो समयदेखी अर्घाखाँची जिल्लामा पत्रकारीता गर्नुका साथै सामाजिक काममा क्रियाशील रहेका भुसालले समृद्ध अर्घाखाँची निर्माणका लागि आफूले अगाडि सारेका एजेन्डा केवल चुनावी नारा मात्र नभएर पाँच वर्षभित्र साँच्चै गर्ने कामको दस्तावेज रहेको उल्लेख गरेका छन् ।भौतीक पूर्वाधारदेखि कलसेन्टरसम्मको एजेन्डा बाचापत्रमा समेटेका भुसालले सन्धिखर्क गोरुसिंगे सडकको स्तरवृद्धिलाई पहिलो एजेन्डा बनाएका छन् । ‘जिल्ला जोड्ने मुख्य बाटो नै क्षतविक्षेत हुँदा बिरामी हुँदासमेत ढुक्क भएर यात्रा गर्न सक्ने अवस्था छैन,’ भुसालले भने । बाटो तत्काल सम्बोधन गर्नुपर्ने विषय भए पनि नि:शुल्क अनि शर्वसुलभ गुणास्तरीय शिक्षा र स्वास्थ्य आफ्नो दीर्घकालिन प्रमुख प्राथमिकता रहेको भुसालले बताए । गाउँगाउँका स्कुललाई कम्तिमा सन्धिखर्कमा रहेका बोर्डिङ स्कुलसम्म पुर्‍याउने लक्ष्य लिएका भुसालले जिल्ला अस्पतालको क्षमताबृद्धिलाईसमेत प्रमुख एजेन्डा बनाएका छन् ।

‘हामीले विभिन्न खाले ब्यवस्था त ल्यायौं तर जनताको जिवनस्त उठाउने कुनै एजेन्डा हामीले अगाडि बढाएनौं,’ भुसालले भने, ‘हामी निर्वाचित भएपछि त्यस्तो हुँदैन, हामी जनताले अनुभूति गर्नेगरी काम गर्न प्रतिवद्ध छौं ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);