दाङ, २४ मंसिर। प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल ९ क्षेत्र रहेको दाङमा ८ वटै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ भने एउटा प्रदेशमा कांग्रेस विजयी भएको छ।
क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले ३७ हजार ९ सय ८ मत प्राप्त विजयी हुँदा उनका प्रतिष्पर्धी कांग्रेसकी शुसीला चौधरीले २४ हजार ७४ मत प्राप्त गरिन्।
त्यस्तै क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरा निर्वाचित भए भने क्षेत्र नम्बर ३ मा एमालेका हिराचन्द्र केसी निर्वाचित भए । यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ क मा माओवादीका ईन्द्रजीत चौधरी निर्वाचित भए भने प्रदेशसभा ख मा एमालेका रेवतीरमण शर्मा निर्वाचित भए।
क्षेत्र नम्बर २ क मा एमालेका शंकर पोख्रेल निर्वाचित भए भने ख मा एमालेकै अमरबहादुर डाँगी निर्वाचित भए । क्षेत्र नम्बर ३ क मा भने नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी निर्वाचित भए । दाङमा कांग्रेसको तर्फबाट जित्ने उम्मेवार उनी मात्रै हुन्। यस्तै क्षेत्र नम्बर ३ ख मा एमालेका उत्तरकुमार ओली निर्वाचित भएका छन् ।