गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना  | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । आज बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको हो  । महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने महाशाखाले आकलन गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);