सिराहामा एमाले-जसपा गठबन्धनलाई बागीकै भय     | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

सिराहामा एमाले-जसपा गठबन्धनलाई बागीकै भय    

सिरहा। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिराहामा एमाले गठबन्धनलाई आफ्नै बागी उम्मेदवारहरू टाउको दुखाइ बनेको छ । सिराहाको ३ र ४ मा एमाले र जसपाका बागी उम्मेदवारहरूका कारण एमाले गठबन्धनका नेताहरू चिन्तित बनेका छन् ।प्रतिनिधिसभाको अघिलो निर्वाचमा क्षेत्र नम्बर ४ बाट राजकिशोर यादवले चुनाव जितेका थिए । यसपटक जसपाले उनलाई सिराहा २ मा पठाएर ४ मा वीरेन्द्र महतो उठेका छन् । वीरेन्द्र महतोविरुद्ध जसपा नेता राजकिशोर यादवका भाइ काशिन्द्र यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेता यादव सिराहा २ मा चुनाव लडेपछि ४ मा आफ्नो भाइलाई स्वतन्त्र उठाएको जसपाका कार्यकर्ताहरूले आरोप लगाएका छन् ।काशिन्द्र यादवलाई नेता यादवले उम्मेदवारी फिर्ता लिन दबाब दिए पनि उनले मानेनन् । काशिन्द्रले आफू कुनै पार्टीमा आवद्ध नरहेको बताउँदै आएका छन् । कुनै पार्टीमा नभएका कारण स्वतन्त्र उम्मेदवारी दिएको उनी बताउँछन् । उनले लामो समयदेखि तराई मधेस राष्ट्रिय परिषदको संस्थापक भएर ‘स्वतन्त्र’ रूपमा सामाजिक अभियन्ताको  काम गर्दै आइरहेका छन् । सिराहा ३ ‘ख’मा एमाले गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार रेणु यादवविरुद्ध सिराहा नगरपालिकाका मेयर डा.नविन यादवका भाइ डा.प्रवीनकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । डा.प्रविन एमाले सिराहाका  प्रभावशाली नेता हेमनारायण यादवका छोरा हुन् । पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।सिराहा क्षेत्र नम्वर ३ ‘ख’ मा  गोपालप्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्रभन्दा पनि उनी आफूलाई एमालेको ‘बागी’उम्मेदवार भन्न रुचाउँछन्। सिराहामा एमाले पार्टी निश्चित नेताहरूको इसारामा चल्ने गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।सिराहा ३ मा एमाले गठबन्धनबाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेका दुईजना बागी उम्मेदवार श्रेष्ठका लागि टाउको दुखाइको विषय बनेको छ । सिरहा २ (क) मा विजय यादव जसपा र एमालेको आधिकारिक उम्मेदवार हुन् । तर पार्टीबाटै उनीविरुद्ध दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपाका नेता राजलाल यादव र रामपृत यादवले विजय यादवविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पनि सिराहा २ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सता गठबन्धनको तर्फबाट माओवादीको आधिकारिक उम्मेदवार जीवछ यादव छन् । ‘म नेपाल समाजवादी पार्टीमा छैन, सो पार्टीको केन्द्रीय समितिमा मेरो नाम जबर्जस्ती राखिएको छ । म पूर्ण स्वतन्त्र हुँ,’ स्वतन्त्र उम्मेदवार रामरिझन यादवले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);