बारामा एकै परिवारका तीन जनाको हत्या | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

बारामा एकै परिवारका तीन जनाको हत्या

बारा । बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको हत्या गरि फालेको अवस्थामा शव फेला परेको छ । प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो ।

प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार तीनै जनाको विभत्स हत्या गरिएको छ । प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ ।  उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका गरेको छ । श्रीमती र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र घाइते भएको हुनसक्ने प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);