तेह्रथुम।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुममा २८ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालय तेह्रथुमका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क) मा १० जना र प्रदेश निर्वाचन क्षेत्र (ख) मा आठजनाले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले प्रतिनिधिसभातर्फ मनोनयन दर्ता गरेकी छन् । उनलाई सत्ता गठबन्धनको साथ छ । एमालेबाट विजय सुब्बाले मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा निर्वाचन (क) मा कांग्रेसका सन्तोष सुब्बा र प्रदेश निर्वाचन क्षेत्र (ख) मा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईले मनोनयन दर्ता गरेका छन । निर्वाचन क्षेत्र (क) मा एमालेका किशोरचन्द्र दुलाल र प्रदेश निर्वाचन क्षेत्र (ख) मा तेजमान कन्दङवाले मनोनयन दर्ता गरेको गरेका छन् । निर्वाचन कार्यालयका अनुसार एकीकृत समाजवादीले प्रदेशसभा (क) मा कृष्ण चोङबाङ र प्रदेश निर्वाचन क्षेत्र (ख) शिवनाथ खापुङ मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा युवराम गौतमले मनोनयन दर्ता गरेका छन् । प्रदेश निर्वाचन क्षेत्र (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धनश्याम पौडेल र प्रदेश निर्वाचन क्षेत्र (ख) मा धनराज कन्दङवाले मनोनयन दर्ता गरेका छन् । संघीय लोकतान्त्रिक मञ्चबाट प्रतिनिधिसभातर्फ विष्णुकुमार चोङबाङले मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा (क) मा संघीय लोकतान्त्रिक मञ्चबाट दिलकुमार लिम्बू र प्रदेशसभा (ख) मा शेरबहादुर ईङनामले मनोनयन दर्ता गरेका छन् । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभामा नारायणमान गुरुङ, प्रदेशसभा (क) मा सूर्यबहादुर लिम्बूले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गौरीप्रसाद कन्दङवाले प्रतिनिधीसभा र प्रदेशसभा (क) मा चन्द्रबहादुर विश्वकर्मा र प्रदेशसभा (ख) मा वमबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधिसभामा राजेन्द्रकुमार लिम्बूले मनोनयन दर्ता गरेका छन् । मंगोल नेसनल अर्गानाइजेसनबाट प्रतिनिधिसभामा गंगाबहादुर चोङबाङ र प्रदेश सभा निर्वाचन (क)मा छितिज लिम्बू, प्रदेश (ख)मा सुनिल कन्दङवाले मनोनयन दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट प्रतिनिधिसभामा टंकप्रसाद भट्टराई मनोनयन दर्ता गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा दिलबहादुर सोदेम्बाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभामा शुसन चोङबाङ लिम्बूले स्वतन्त्र मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ((क) खगेन्द्र कटुवाल र प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मानध्वोज इस्वोले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् ।