देउवाको कारण कांग्रेसले अनपेक्षित हार बेहोर्नु परेको प्रकाशमान सिंहको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

काठमाडौँ, २३ मंसिर। कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वकै कारण प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको प्रारिम्भक टिप्पणी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेता सिंहले जनताको अपेक्षा अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नचलेका कारण पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको प्रारम्भिक प्रतिक्रिया दिएका हुन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट तेस्रो पटक पनि विजयी भएका उनले आफ्नै निवास चाक्सीबारीमा संचारकर्मीसँग कुरा गर्दै पार्टी नेतृत्वलाई पार्टी सही ढंगले चलाएको लाग्ने गरेपनि जनताले त्यसलाई सच्याउन निर्वाचनमार्फत् आदेश दिएको पनि उल्लेख गरे।

उनले शान्ति ल्याउने र संविधान जारी गर्ने पार्टीको मुद्धा सफल भएकै कारण आफू निर्वाचनमा विजयी भएको समेत बताए। नेता सिंहले काँग्रेसलाई विधिसम्मत ढंगले अघि बढाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);