लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

लमजुङ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि लमजुङ  जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको  छ । लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा बिहिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। सो अवसरमा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शिव प्रसाद खनाल, प्रमुख  जिल्ला अधिकारी सुशील बैध, जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटा, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।

Leave a Reply