आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी   | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी  

सुर्खेत।दैलेखको ठाटीकाँध गाउँपालिका- ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउदैनन् थिए । दुईदेखि चार घण्टा पालाे कुरेपछि मात्रै पिसेर घर फर्किन्थे । बिहान भिसमिसेमै घट्ट पुगे बेलुका अबेर मात्रै फर्कन सक्थे। तर, अचेल उनकाे दिन फेरिएका छन् । गहुँ, मकै पिसानी गर्न दु:खै छैन । गाउँ आधुनिक घट्ट निर्माणसँगै खुड्खुडीका बासिन्दामा याे परिवर्ता आएकाे हाे। ठाटीकाँध- ३ माझखर्ककी मैनकला शाहीका दुःख पनि आलेजस्तै थिए । बिहान भालेको डाकोसँगै उठ्थिन । कुम्लोकुटिरो बाेकेर टार्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिडेर रामघाट खोला पुग्थिन् । सित्तिमित्ती घट्ट पिस्ने पालो पाउदैन थियाे । घट्टमा भीड हुन्थ्यो। अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छिन् उनी । लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए । तर, अहिले दिन फेरिएका छन् । ठाटीकाँध गाउँपालिका-३ खुड्खुडी आधुनिक घट्ट निर्माण  भएपछि यहाँका एक सय चार घरदुरी लाभावन्वित भएका हुन् । अहिले आधा-एक घण्टामै घट्ट पिस्ने सुविधा छ।

उनीहरूका अब मकै गहुँ पिस्ने समस्या टरेको छ। ठाटीकाँध गाउँपालिका र युयनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एकसय चार घर लाभान्वित भएका हुन् ।

ठाटीकाँध गाउँपालिका र युयनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माँझखर्क विशालाका नागरिकका लाभान्वित भएका छन् । अन्न  पिस्न आउनेहरूले प्रति बोरा ज्यालास्वरुप ५० र  ३० केजी पिसेबापत तीन कुरुवा अन्न  कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);