एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०७९, सोमबार

एमाले मधेश प्रदेशको जिम्मेवारीमा हेरफेर

महोत्तरी। नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाइ केन्द्रित गरी जिम्मेवारीमा हेरफेर गरेको छ। जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरुले असन्तुष्टि जनाएता पनि सवै जिल्लामा समबन्धित नेतालाइ पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ । जिल्लामा पठाएका पत्रमध्ये  महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ। पाटीमा पुर्‍याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेता पनि असन्तुष्ट केही नेताहरुले त्यसो विरोध गरेका छन् । क्षेत्र न।१ को  क्षेत्रीय इन्चार्ज केदार बहादुर कार्कीलाइ दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाइ तोकिएको छ । यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा शरदादेवी थापालाइ दिएको छ । थापा क्षेत्र नबर १ क बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् । त्यस्तै, उत्पीडित जातीय मुक्ति समाज मधेश प्रदेश प्रमुखमा शान्त परियारलाइ मनोनित गरिएको छ भने  भानुभक्त पोखरेललाइ जनसांस्कृतिक महासंघ  मधेश प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाइ प्रेस चौतारी नेपाल मधेश प्रदेश प्रमुखमा  र गुन्ज खडकालाइ  सुकुम्बासी, भूमि अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ।

प्रदेशवाट निर्णयभएसँगै  शनिबार बेलुका प्रदेश इन्चार्ज रघुवीर महासेठले जिल्लाका एकरएक  जना प्रतिनिधि बोलाएर अध्यक्ष राम औतार यादवले हस्ताक्षर गरेको पत्र हस्तान्तरण गरेका छन् ।

Leave a Reply