स्थानीय तहको संख्या बढ्यो, कुन जिल्लामा कती ?  | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

स्थानीय तहको संख्या बढ्यो, कुन जिल्लामा कती ? 

स्थानीय तहको संख्या १९ वटा थप्ने गरी सुझाव प्रतिवेदन तयार, दुई नम्वर प्रदेशमा मात्र १७ वटा थपीने, अब स्थानीय तहको संख्या ७ सय ३८ पुग्यो

स्थानीय तहको संख्या बढ्यो

काठमाडौं । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन परिमार्जनका लागि सुझाव दिन गठित समितिले स्थानीय तहको संख्या १९ वटा थप्ने गरी सुझाव प्रतिवेदन तयार पारेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजत्वमा गठित समितिले २ नम्बर प्रदेशमा १७ वटा र अरु जिल्लामा २ वटा स्थानीय तहको संख्या बढाउन सुझाव दिने भएको हो ।

२ नम्बर प्रदेशसहित विवाद भएका ठाउँका सांसदले इलाकालाई नै स्थानीय तह बनाउन दबाब दिए पनि समितिले त्यसलाई अस्वीकार गरेको छ ।

समितिले पुनर्संरचना आयोगले सरकारलाई सात सय १९ वटा स्थानीय तह बनाउन सिफारिस गरेको गरेको थियो । १९ वटा थपिएसँगै स्थानीय तहको संख्या सात सय ३८ वटा पुग्नेभएको छ ।

यसअघि समितिले २५ वटा संख्या बढाएर आयोगले निर्धारण गरेको अधिकतम संख्या सात ४४ पु¥याउने तयारी गरे पनि संख्या घटाएको हो । समितिलाई मन्त्रिपरिषदले दिएको समय शुक्रबार सकिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);