कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

कांग्रेस केन्द्रीय कार्यालयमा शेखर समूहको धर्ना

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा.शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका छन् । सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाहविनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।

कोइराला समूहले १४ असोजसम्म समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ । सो दबाबपछि संस्थापन पक्ष कोइराला समूहलाई सम्मानजनक स्थान दिन तयार देखिएको छ । एक दुई दिनभित्रै सूची सच्याउने कांग्रेसको तयारी छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा कोइराला समूहका १३ जना मात्रै परेपछि सो पक्षका नेता कार्यकर्ता आन्दोलित भएका हुन् । कोइराला समूह एमालेसँग मिलेर चुनावमा जान सक्ने देखिएपछि देउवा पक्ष लचक बनेको हो ।

अघिल्लो समाचार

Leave a Reply

ताजा समाचार

Test Post Created

३ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि