काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर सेयर कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ । ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन् ।