एनसीसीको परिवर्तित ब्याजदर सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

एनसीसीको परिवर्तित ब्याजदर सार्वजनिक

काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स  बैंक लिमिटेड (एनसीसी) ले ३१ भदौमा सार्वजनिक गरेको नयाँ ब्याजदरलाई पुन: परिवर्तन गरी प्रकाशन गरेकाे छ । बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाताअन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले आज पुनः प्रकाशन गरेको ब्याजदरमा उक्त खाताको ब्याजदर घटाएर १२.१३ प्रतिशत कायम गरेको छ । साथै, बैंकले वचत खाताअन्तर्गतका खाताहरूको ब्याजदर र अन्य खाताको ब्याजदर भने यथावत् नै राखेको छ । जसमा वचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशत ब्याजर रहेको छ ।

परिमार्जनपछि मुद्दती खाताअन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.१३ प्रतिशत ब्याजदर रहेको छ ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);