सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर

लमजुङ। सडक संजालले नछोएकाे मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाले ल्याब सेवा लिएका छन्। यस्तै, च्याखुमा ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब परीक्षण गरिएको छ।

फुगाउँमा १५ जना आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाको ल्याब गरी जम्मा २६४ जनाको स्वास्थ्य परीक्षण भएकाे छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);