सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौं महानगरको निर्देशन  | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौं महानगरको निर्देशन 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।  काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो।

सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);