बालककाे उपचारमा पालिका अध्यक्ष र वडाध्यकाे आर्थिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

बालककाे उपचारमा पालिका अध्यक्ष र वडाध्यकाे आर्थिक सहयोग

खोटाङ। निमोनियाले सिकिस्त भएपछि सहयोग उठाएर कान्ति बाल अस्पताल पुर्‍याइएका १६ महिने बालकलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षले आर्थिक सहयोग गरेका छन् ।निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्ति बाल अस्पताल लगिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई सोही गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले आर्थिक सहयोग गरेका हुन् । गाउँपालिका अध्यक्ष राई र वडाध्यक्ष बस्नेतले सोमबार अस्पतालमै पुगेर १०-१० हजार आर्थिक सहयोग गरेका हुन् । हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दैआएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतबार राति कान्ति बाल अस्पताल लगिएको थियो।

औषधिले पनि बालककाे स्वास्थ्यमा सुधार नभएपछि जिल्ला अस्पतालले बालकलाई तत्काल  रेफर गरेको थियो ।आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति ११.१५ बजे काठडाैं पठाइएको हो।

Leave a Reply

ताजा समाचार