चिनियाँ जनकंग्रेसका सभामुख लि चान्सु नेपाल आइपुगे, सभामुख सापकोटाले गरे स्वागत | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

चिनियाँ जनकंग्रेसका सभामुख लि चान्सु नेपाल आइपुगे, सभामुख सापकोटाले गरे स्वागत

काठमाडौं। नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चान्सु नेपाल आइपुगेका छन् । उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् । सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटलमा केही समय आराम गरेपछि उनी नेपाली समकक्षी सापकोटासँग भेटवार्ताका लागि लि संसद् भवन नयाँ बानेश्वर जानेछन् । सभामुखले लिको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गरेका छन् । तर, राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले भने रात्रिभोजमा सरिक नहुने ाजनकारी गराएका छन् । बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक दिवस मनाइरहेकाले यस्तो बेला आयोजना गरिएको रात्रिभोजमा आफू सरिक नहुने उनले जनाउ दिएको स्रोतले बतायो ।

मंगलबार अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने छन् । सोही दिन उनी दक्षिण कोरियातर्फ लाग्ने भएका छन् ।

Leave a Reply