झापामा उम्मेदवारी रहेका अध्यक्ष ओलीले भक्तपुरबाट गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

भक्तपुर, २१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका छन्।

गृह जिल्ला झापामा रहेका अध्यक्ष ओली मतदानका लागि आजै काठमाण्डौँआएका थिए। बिहान ११ बजे मतदान गर्ने भनिएपनि अध्यक्ष ओलीले ४ बजे मात्र मतदान गरेका हुन् । अन्य जनतालाई पालो दिएको भन्दै आफू ढिलो मतदान गर्न आएको उनले प्रतिक्रिया दिए ।

झापा क्षेत्र नम्वर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएको अ‍ोलीको नामावलीमा नाम भने भक्तपुरको बालकोटमा रहेको छ। यसै कारण उनले आफूलाई मतदान गर्न भने पाएनन् ।

ताजा समाचार