निर्वाचन आचारसंहिता अक्षरसः पालना गर्न सरोकारवालाहरुलाई निर्वाचन आयोगको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

निर्वाचन आचारसंहिता अक्षरसः पालना गर्न सरोकारवालाहरुलाई निर्वाचन आयोगको निर्देशन

१८ फाल्गुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता अक्षरसः पालना गर्न सरोकारवालाहरुलाई निर्वाचन आयोगको निर्देशन

१८ फाल्गुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।

बुधवार निर्वाचन आयोगमा सरकारका मन्त्रीहरुलाई बोलाएर आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिनुभयो । उहाँले मन्त्रीहरुले उद्घाटन, शिलान्यास वा कुनै पनि उम्मेदवारको प्रचार प्रसारको कार्यक्रममा सहभागी हुन नपाउने बताउनुभएको थियो । आयोगले पुनर्निर्माणको कामलाई नरोक्ने तर पार्टी विशेषको कामले आफ्नो निर्वाचन क्षेत्र जान नपाउने र सार्वजनिक ठाउँहरुमा सभा सम्मेलन गर्न नपाउने आचारसंहितामा उल्लेख गरेको छ । 

सोही कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले झण्डै दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा योजना तयार गरेको जानकारी दिनुभयो ।

उहाँले २१ हजार बुथलाई ध्यानमा राखेर सामान्य र अति संवेदनशिल क्षेत्रमा सुरक्षाको तयारीका लागी २ हजार सुरक्षाकर्मी संचालन गरिने बताउँदै सरकारले निर्वाचन आयोगको आचार संहितामा रहेर काम गर्ने बताउनु भयो ।  कार्यक्रममा सहभागि मन्त्रीहरुले आचारसंहितामा परिवर्तन गर्न माग गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);