स्थानीय निर्वाचनबारे सत्तापक्ष नै अन्योल बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

स्थानीय निर्वाचनबारे सत्तापक्ष नै अन्योल बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप

फल्गनु १८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले स्थानीय निर्वाचन गर्नेबारे सत्तापक्ष नैै अन्योलमा रहेको दावी गर्नुभएको छ ।

स्थानीय निर्वाचनबारे सत्तापक्ष नै अन्योल बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप

फल्गनु १८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले स्थानीय निर्वाचन गर्नेबारे सत्तापक्ष नै अन्योलमा रहेको दावी गर्नुभएको छ ।

बुधवार मेची–महाकाली राष्ट्रिय अभियानबारे सञ्चारकर्मीलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गर्नुभएको हो । संविधान संशोधन गर्ने खेलमा लागेर सत्तापक्ष निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाउँदै संविधान संशोधन पारित हुन नदिने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका नाममा गरेको सम्बोधनप्रति आपत्ति जनाउँदै गृहमन्त्रीलाई उत्तेजना फैलाउने किसिमका अभिव्यक्ति नदिन आग्रह समेत गर्नुभयो । महाअभियानका क्रममा कुनै कतै घटना भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने टिप्पणी गर्नुभयो ।

एमालेले फागुन २१ गतेदेखि चैत ५ गतेसम्म शुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा ३३ वटा स्थानमा साना–ठूला गरी आमसभा आयोजना गर्नेछ । अभियानमा १० हजार स्वयंसेवक र ५० लाखको संख्यामा कार्यकर्ता परिचालित हुने समेत एमालेले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);