‘नियमित व्यायायम र व्यस्तताले बुढ्यौलीबाट जोगाउँछ’ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

‘नियमित व्यायायम र व्यस्तताले बुढ्यौलीबाट जोगाउँछ’

हङकङ। स्वास्थ्य धन हो । यो हाम्रो लागि उपहार पनि हो ।  आजको द्रुत युगमा व्यक्तिहरूले आफूलाई फिट राख्न र नियमित रूपमा व्यायाम गर्न धेरै महत्वपूर्ण छ । हामी धेरै खाली बस्छौँ, जुन रोगको मुख्य कारकमध्ये एक हो । नियमित हिँडाइले तपाइँलाई फिट मात्र गराउदैन आत्मविश्वास र तनावरहित बनाउछ । १० मिनेट फटाफट हिड्ने व्यक्तिको थप आयु बढ्ने एक शोधकर्ताले बताएका छन् ।  चाइनिज युनिभर्सिटी अफ हङकङका सोध प्राध्यापक जिन वुका अनुसार आयु बढ्दै जाँदा निर्भरता र कम्जोरी बढ्ने गर्छ । उनका अनुसार अस्वस्थ जीवनशैलीको कारण मानिसहरूको चाँडो मृत्यु हुनुका साथै शरिरमा धेरै रोग निम्तिने गर्छ । सामाजिक रूपमा व्यस्त हुन र हिड्न उनी सुझाव दिन्छिन् । उनी भन्छिन्, ‘जीवनशैलीमा परिवर्तनमार्फत आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई सुरक्षित गर्नुहोस् । बुढ्यौलीमा निर्भरता र कमजोरीको बढ्दो प्रवृत्तिलाई हटाउन नयाँ कुराहरू सिक्नुहोस् । कुल आयुमा वृद्धिसँगै निर्भरता र कमजोरी बढ्दै गएको छ ।’

निस्कृय र एकै ठाउँमा बस्ने जीवन शैली मृत्युका १० कारणमध्ये एक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);