डोटीमा प्रतिनिधि सभा निर्वाचनमा युवाले स्थान पाउनुपर्ने माग, आनन्द विष्ट बलियो उम्मेदवार रहेको चर्चा | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

डोटीमा प्रतिनिधि सभा निर्वाचनमा युवाले स्थान पाउनुपर्ने माग, आनन्द विष्ट बलियो उम्मेदवार रहेको चर्चा

डोटी। डोटीमा नेपाली कांग्रेसभित्र प्रतिनिधि सभाको निर्वाचनमा युवा नेतृत्वले स्थान पाउनुपर्ने माग उठ्न थालेको छ । पुरानै अनुहारले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाउँदै डोटीमा अधिकांश कांग्रेस कार्यकर्ताले युवाले स्थान पाउनुपर्ने बताएका छन् । त्यसमा पनि युवा नेता आनन्द विष्ट बलियो उम्मेदवार हुनसक्ने स्थानीय कांग्रेस नेताहरूको बुझाइरहेको छ । मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको विषयलाई लिएर डोटीमा कांग्रेस गठबन्धन नगरेर अघि बढ्नुपर्ने समेत उनीहरूको माग छ । डोटीमा नेपाली कांग्रेस गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने पक्षमा देखिएको छ । नेकपा माओवादी केन्द्र र समाजवादी गठबन्धन गर्नु पर्ने पक्षमा देखिएको छ । नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिले आइतबार राजधानी काठमाडौंमा भेटघाट कार्यक्रमको आयोजनासमेत गरेको थियो । उक्त कार्यक्रममा पनि स्थानीय नेताहरूले गठबन्धन नगरेर कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्ने र नयाँ अनुहार फेरिनुपर्ने बताएका थिए । स्थानीय तहको निर्वाचनमा डोटीका नौ वटा स्थानीय तह मध्य नेपाली काँग्रेस ७ नेकपा एमाले १ नेकपा माओवादी केन्द्र १ स्थानीय तहमा निर्वाचित भएको छ । स्थानीय तहको मत परिणामको आधारमा पनि डोटीमा प्रदेश र संघमा एक्लै निर्वाचन जित्न सक्ने कांग्रेस नेताहरूको भनाइ छ । कांग्रेस डोटीका पुराना नेता कृष्णबहादुर चन्द डोटीमा गठबन्धन नभएर कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टलाई टिकट दिनुपर्ने बताउँछन् । ‘जिल्लामा पुराना नेताहरूको राम्रो छैन । डोटीमा फ्रेस व्यक्ति आउँदा राम्रो हुन्छ । त्यसमा पनि आनन्द विष्ट आउनुभयो भने कांग्रेसलाई जित्न झनै सजिलो हुन्छ । किनकि विष्टले डोटीमा विभिन्न समय ठूलो सहयोग गर्नुभएको छ । उहाँ निर्विवादित व्यक्ति पनि हो,’ चन्द भन्छन् ।

विष्ट कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् । उनले २०६२/६३ सालको जनआन्दोलनमा अमेरिकामा बसेर संयुक्त राष्ट्र संघ, ह्वाइटहाउस, विभिन्न अन्तर्राष्ट्रिय निकायमा पुगेर आन्दोलन गर्दै नेपालमा जारी जनआन्दोलनलाई सफल पार्न अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षणमा भूमिका निर्वाह गरेका थिए ।

उनी नेपाली कांग्रेस नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति समेत हुन् । उनी सन् २००५ यता १६ वर्षदेखि निरन्तर नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रहँदै आएका छन् । ११औं महाधिवेशनदेखि विष्ट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका छन् । डोटीमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका विष्ट २५ वर्षदेखि विदेशमा रहेर पनि नेपालीको राजनीतिक गतिविधिमा उत्तिकै सक्रिय छन् । त्यत्तिमात्र नभएर उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनले कांग्रेसमा २०६२/६३ सालदेखि अन्तर्राष्ट्रिय मामिला हेर्ने जिम्मेवारी पाएका थिए । नेपाली कांग्रेस डोटीका पूर्व उपसभापति दीपक विष्ट आनन्द विष्ट सक्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध भएको युवा भएकाले पनि कांग्रेसलाई डोटीमा जित्न सहज हुने बताउँछन् । ‘डोटीमा एउटै मान्छेले मात्र स्थान पाउने हो भने नयाँ सोचले स्थान पाउँदैन र जनतामा नवीन ऊर्जा आउँदैन । युवाले आफ्नो भिजनलाई पनि सदुपयोग गर्दैन । एउटै व्यक्तिले सधैँ सबै ठाउँमा स्थान पाउँदा युवाले विकल्प खोज्छ । यसमा पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्छ भन्ने हो,’ उनले भने ।  विष्टले अन्तर्राष्ट्रिय स्तरको विकासको मोडेल पनि बुझेको व्यक्ति भएकाले नेपाली राजनीतिमा उनी स्थापित हुन आवश्यक रहेको विष्ट बताउँछन् । २०६४ सालमै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले विष्टलाई डोटी क्षेत्र नम्बर २ निर्वाचन क्षेत्रबाट पनि चुनाव लड्न आग्रह गरेको भए पनि उक्त क्षेत्रमा कांग्रेस नेता गिद्धराज ओझाले आकांक्षा देखाएकाले उनले पुराना नेताको सम्मानका लागि भन्दै निर्वाचन नलडेको चर्चा डोटी कांग्रेसमा बेला-बेला हुने गरेको छ । विष्टकै पहलमा जोरायल गाउँपालिका र बड्डिकेदार गाउँपालिकामा दुई वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । उनले डोटीका २३ वटा सामुदायिक विद्यालयमा विभिन्न सहयोग गरेका छन् । आर्थिक अभावमा रहेका बिरामीलाई पनि उनले सहयोग गर्दै आएका छन् । यसका साथै कोरोना महामारीमा पनि उनले ठूलो सहयोग गरेका थिए । टाढा भएर पनि सधैँ जनताकै माझमा रहने बानीका कारण उनी डोटीमा लोकप्रिय रहेको बताइन्छ ।

उनी बाहेक डोटीमा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, संविधान सभा सदस्य भरत बहादुर खड्का, पूर्व सभापति प्रदीप देउवा, कांग्रेस कांग्रेस नेता भूमिराज बडू, कांग्रेस महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाही, कांग्रेस नेता लक्ष्मीराज पाठकलगायत पनि चुनावी चर्चामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);