दिलिप शर्मा चितवन । चितवन राष्ट्रिय योजना आयोगका बर्तमान उपाध्यक्ष डा
डा बिश्वनाथ पौडेलले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवार हुन चितवनको क्षेत्र नम्बर १ मा आवेदन दिएका छन्।
संघीय सांसदको लागि प्रत्यक्ष तर्फ उम्मेदवारी प्रस्तुत गर्नेमा राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्ले समेत छ्न । त्यस्तै संघीय निर्वाचनमा दाबेदारी प्रस्तुत गर्ने अर्का ब्यक्तिमा कांग्रेसका नेता तथा नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छ्न ।
श्रेष्ठले चितवन क्षेत्र नं २ बाट संघीय सांसदमा निर्वाचन लड्ने योजना बनाएको भएपनी अन्तिममा क्षेत्र नम्बर १ बाट दाबेदारी प्रस्तुत गरेका छ्न।
प्रतिनिधि सभाको निर्वाचनमा दाबेदारी प्रस्तुत गर्ने अन्य ब्यक्तिहरुमा कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा त्रिभूवन विश्व विद्यालयका पूर्व उपकुलपति डा.तीर्थ खनिया पनि छ्न । त्यस्तै अन्य दाबेदार हरुमा स्थानीय नेता भीमप्रसाद थपलिया, राजेन्द्र बुर्लाकोटी पनि छ्न। नेपाली काङ्ग्रेसको तर्फबाट पछिल्ला केहि संसदिय चुनाबमा दाबेदारि प्रस्तुत गर्नेहरु भन्दा यसपटक रास्टृय स्तरमै परिचय बनाएकाहरुले उमेदवारको लागि इच्छा व्यक्त गरेका छ्न।