सुनको मूल्यमा सामान्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। सुनको भाउमा सामान्य वृद्धि भएको छ । तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ भने स्थिर छ। मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply