सर्वसाधारणलाई सरकारको अपील - 'विस्फोटका घटनाबाट सतर्क रहनु' | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

काठमाडौं, १९ मंसिर । देशका विभिन्न ठाउँमा बम विस्फोटका घटनाबाट आतंक सृजना गर्ने प्रयास नरोकिएपछि सरकारले सर्वसाधारणलाई सतर्क रहन अपील गरेको छ। सार्वजनिक सूचना नै निकालेर गृह मन्त्रालयले विस्फोटको घटना बढेकाले सर्तक रहन आग्रह गरेको हो।

मन्त्रालयले आफ्नो गाउँ घर, छर छिमेक वरपर कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न आग्रह गरेको छ। प्रहरी कन्ट्रोलको सम्पर्क नम्बर एक सय वा नजिकको सुरक्षा निकायमा खबर गरी सहयोग गर्न मन्त्रालयले सर्वसाधारणसँग अपील गरेको हो। मंसीर २१ गते हुने दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवारलक्षित विस्फोटको घटना एकपछि अर्को गर्दै भइरहेको छ।

आक्रमणबाट उम्मेदवारदेखि प्रचारमा हिंडेका कार्यकर्तासमेत घाइते बनाइएका छन्। यसैबीच, सरकार र सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको बताएपनि थुप्रैं नाका पार गरेर विस्फोटक पदार्थ भित्रिरहेकोप्रति भने विज्ञहरुले प्रश्न गरेका छन्। गुप्तचर र सूचना संयन्त्र कमजोर हुँदा यस्ता घटना बढेको उनीहरुको दावी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गस्ती र निगरानी बढाउँदा पनि घटना रोकिएका छैनन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);