प्रधानमन्त्री निवासमा आफ्नो टपलेस तस्बिरबारे यसो भनिन् मारिनले | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

प्रधानमन्त्री निवासमा आफ्नो टपलेस तस्बिरबारे यसो भनिन् मारिनले

हेलसेन्की। फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले आफ्नो सरकारी निवासमा पाहुनाको टपलेस तस्बिर राखेकोमा माफी मागेकी छिन् । एउटा डान्स पार्टीमा नाचेको विषयमा प्रधानमन्त्रीले लागूऔषध खाएको अनुमानबीच पाहुनको टपलेस तस्बिरबारे माफी मागेकी हुन् । तर, प्रधानमन्त्रीले गरेको एक परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ । दुई प्रख्यात प्रभावशाली व्यक्तिको पछिल्लो तस्बिर जुलाईमा प्रधानमन्त्री निवासभित्र खिचिएको थियो र मंगलबार सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको थियो । तस्बिर उपर्युक्त नभएको प्रधानमन्त्रीले स्वीकारेकी छिन र उनले क्षमा याचना गरेकी छिन् । तस्बिरमा दुई जना महिलालाई “फिनल्याण्ड“ लेखिएको आधिकारिक देखिने चिन्हले आफ्नो खाली छाती छोपेर एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । रुइसरोक संगीत उत्सवपछि आधिकारिक निवास हेलसिंकी केसरन्टामा जुलाईमा पार्टी भएको प्रधानमन्त्रीले बताएकी छिन् । अतिथिले प्रयोग गर्ने शौचालयको तल तस्बिर लिइएको फिनल्यान्डका सञ्चार माध्यमले जनाएका छन् ।

‘हामीले सौना, पौडी खेल्यौं र सँगै समय बितायौं’, मारिनले भनिन्, ‘यस्तो तस्बिर खिच्नु हुँदैनथ्यो तर भेटघाटमा असाधारण केही भएन ।

Leave a Reply