प्रदिप गिरी सच्चा र असल नेता: प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

प्रदिप गिरी सच्चा र असल नेता: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दु:ख ब्यत्त: गरेका छन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९:३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);