पार्टीको भिडियो चुहावट भएपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् ‘ड्रग टेस्ट’ | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

पार्टीको भिडियो चुहावट भएपछि फिनल्याण्डकी प्रधानमन्त्रीले गरिन् ‘ड्रग टेस्ट’

हेलसेन्की। फिनल्याण्डकी प्रधानमन्त्रीले फिनल्याण्डका पपस्टारसँग नेता नाचिरहेको नयाँ फुटेज बाहिरिएपछि आफूले ‘ड्रग टेस्ट’ गरेको बताएकी छन् ।

एउटा पार्टीको भिडियो सार्वजनिक भएपछि ३६ वर्षीया सान्ना मारिन यस हप्ता आलोचनामा परेकी थिइन् । भिडियोमा उनी पार्टीमा नाचेको देख्न सकिन्छ ।
भिडियो देखेपछि  केही राजनीतिज्ञहरूले उनलाई लागुऔषधको लागि परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।  शुक्रबार एक पत्रकार सम्मेलनमा मारिनले आफूले परीक्षण गरेको र त्यसको नतिजा अर्को साता आउने आशा व्यक्त गरिन । प्रधानमन्त्रीले आफूले कहिले पनि लागुऔषध सेवन गरेको नगरेको बताएकी छिन् ।‘मैले गैरकानूनी केही गरेकी छैन्’, उनले हेलसिंकीमा पत्रकारहरूलाई भनिन् । ‘मेरो किशोरावस्थामा पनि मैले कुनै पनि प्रकारको औषधि प्रयोग गरिन’, मारिनले थपिन् ।

Leave a Reply

ताजा समाचार