उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र/छात्रालाई छात्रवृत्ति  | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र/छात्रालाई छात्रवृत्ति 

खोटाङ। बौद्धिक समूह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको छ। बौद्धिक समूह नेपालले २०७८ सालमा च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति पाएपछि जीवना धरानको पव्लिक मावि र दिलीप दिक्तेलको सरस्वती माविमा कक्षा ११ मा भर्ना भएका छन् । दुवैले व्यवस्थापन विषय अध्ययन सुरु गरेको बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए ।

उत्कृष्ट अंक, जेहेन्दार, लगनशील र आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनीहरूलाई छात्रवृत्तिका लागि छनाेट गरिएको हो ।

Leave a Reply