काठमाडौं । स्वाथ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
ताजा समाचार
आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढ्यो
१० घन्टा अघि
संघीय संसद्का तीन समितिको बैठक आज
१२ घन्टा अघि