काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौमा थुप्रिएको फोहोर देखेर श्रमदान गर्न मन लागेको बताएका छन्। काठमाडौं आएका उनले यहाँ आउने वित्तिकै प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्,‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो१प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो’ उनले काठमाडौंको सडक किनारमा थुप्रिएको फोहोर देखेर खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा भएको बताए ।