काठमाडौँ, १७ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका प्रतिनिधिसभा तर्फका उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा नयाँ शक्तिका उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका हुन् । सिंखडालाई एमाले नेता एवम् प्रतिनिधिसभा उम्मेदवार माधव नेपालले मन्तव्य सहित पार्टीमा स्वागत गरेका हुन्।
सिंखडाले अब एमालेका उम्मेदवार माधव नेपाललाई जिताउन आफु सक्रिय रुपमा लागि पर्ने बताएका छन्।