हङकङबाट बेलायतका लागि उडेका यात्रुको विमानभित्रै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

हङकङबाट बेलायतका लागि उडेका यात्रुको विमानभित्रै मृत्यु

हङकङ। हङकङबाट बेलायतका लागि उडेको विमानमा एक महिलाको आफ्ना छोराछोरी र श्रीमानका अगाडि नै मृत्यु भएको छ । गो फन्ड मी पृष्ठका अनुसार हेलेन रोड्स १५ वर्षसम्म हङकङमा बसेपछि आफ्नो परिवारसँग ‘नयाँ साहसिक कार्यको लागि बेलायत फर्किन पाउँदा उत्साहित थिइन् ।

तर, लामो दूरीको उडानको केही घण्टापछि रोड्स अगस्ट ५मा संसारबाटै बिदा लिइन् । ‘उडानको बाँकी ८ घण्टा हेलेन चीर निन्द्रामा रहिन । उक्त क्षण परिवारको लागि अत्यन्तै पीडादायी भए पनि तिनीहरू सबैले उनलाई के भन्न आवश्यक छ भन्ने समय पाएका थिए’, गो फन्ड मी पृष्ठमा लेखिएको छ । ‘यो हानि अकल्पनीय छ । हेलेन एक समर्पित पत्नी र आमा थिइन् । उहाँ आफ्नो परिवारलाई एकसाथ राख्ने व्यक्ति हुनुहुन्थ्यो’ अगाडि भनिएको छ । उनका छोराछोरीहरू विमान अवतरण नहुन्जेल बाँकी समय आफ्नी आमाको छेउमा बसेका थिए, जुन परिवारका लागि निकै पीडादायी क्षण थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);