निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण एवम् सेवनमा रोक | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

पर्सा, १७ मंसिर। दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभएसम्म पर्साका कुनै पनि क्षेत्रमा मदिराजन्य पदार्थ बिक्री एवम् खरिद गर्न रोक लगाइएको जिल्ला सुरक्षा समितिको बैठकले जानकारी दिएको छ।

निर्वाचनको क्रममा मदिरा सेवान गरेकाबाट होहल्ला र शान्ति भंग हुनाका साथै मदिरा खुवाएर मतदातालाई प्रभावित पार्ने भएकाले निर्वाचन सम्पन्न नभएसम्मका लागि बिक्री वितरण तथा सेवानमा रोक लगाइएको कार्यलयले जानकारी दिएको हो ।