आयोगले कांग्रेसको प्रचार गरेको एमालेको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

काठमाडौँ, १७ मंसिर। नेकपा एमालेले निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमको नाममा नेपाली कांग्रेसका उम्मेदवारको प्रचार गरेको आरोप लगाएको छ।

एमालेले आइतबार एक विज्ञप्ति जारी गर्दै मतदाता शिक्षा अन्तर्गत ‘इलेक्सन क्विज’ कार्यक्रमको नाममा कांग्रेस उम्मेदवारको प्रचार भएको उल्लेख गरेका छन्।

‘निर्वाचन आयोगद्वारा विभिन्न १० टिभी स्टेशनबाट प्रसारित गर्ने गरी सञ्चालित मतदाता शिक्षा अन्तर्गतको ‘इलेक्सन क्विज’ कार्यक्रमप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ अभिनेता राजेश हमालद्वारा प्रस्तुत गरिएको उक्त क्विजमा निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवारको प्रचार गर्ने नियतसहित ‘२ उम्मेदवार कहाँबाट उठेका छन्’ भन्ने प्रश्न राखिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सत्ताधारी दलको खास उम्मेदवारलाई निर्वाचन आयोगको उम्मेदवारको रुपमा प्रस्तुत गरिएकोमा आपत्ति जनाउँदै निष्पक्ष भनिएको निर्वाचन आयोगले कुन–कुन उम्मेदवारको पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको हो, स्पष्ट पार्न आग्रह गर्दछ।’
विज्ञप्तिमा उल्लेख छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);