पोखरा, १७ मंसिर । चुनावको दिन नजिकिँदै गर्दा राप्रपा कास्कीलाई ठुलो धक्का लागेको छ। राप्रपाका सहसचिव समेत रहेकी कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा ९ख० की उम्मेदवार धनुमाया कोइराला वाम गठबन्धनमा प्रवेश गरेकी छिन्।
वाम गठबन्धनले पोखरामा आयोजना गरेको चुनावी सभामा उनी गठबन्धनमा प्रवेश गरेकी हुन् । उनलाई एमाले नेता पृथ्वीसुब्बा गुरुङ र माओवादी नेता देब गुरुङले वाम गठबन्धनमा स्वागत गरेका थिए। नेपालको समृद्धिकालागि आफु वाम गठबन्धनमा प्रवेश गरेको कोइरालाले बताईन् ।