निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ- भीमार्जुन आचार्य  | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

निर्वाचनको मिति घोषणा भएपछि संसद स्वतः भंग हुन्छ- भीमार्जुन आचार्य 

काठमाडौं। संविधानवीद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् ।

आचार्यले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने  समेत जनाएका छन् । ‘प्रतिनिधि सभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानवीद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्देन ।’ संसद नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् ।

‘स्थापित मान्यताको कदर गरौ,अति नगरौं,’ उनले लेखेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);