महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको ¥याली वसन्तपुरमा पुगेको छ।

सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ।

प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियू,  प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघलगायतका भ्रातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि पनि प्रदर्शनमा सहभागी भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);