काठमाडौं। नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमबारबाट ७९ हजार ८७३ कित्ता संस्थापक सेयर पुनः लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ। तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ।
उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले २२ साउनसम्म एनआइबीएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेस गर्न सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।