पछिल्लो २४ घण्टामा ४३८ थपिए कोरोना संक्रमित, दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ४३८ थपिए कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ४३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा थप दुई जनाको मृत्यु भएको छ । देशभर गरिएको १ हजार ७७९ पीसीआर परिक्षणका क्रममा २९२ जना र १ हजार ९२० एन्टिजेन परिक्षणका क्रममा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर हालसम्म पीसीआर परीक्षणबाट ९ लाख ८६ हजार १०० जना र एन्टिजेनबाट एक लाख ४२ हजार ५०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म देशभर कोरोनाका कारण ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ रहेको छ । पछिल्लो २४ घण्टामा २७७ जना कोरोना मुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमणदर १.२ प्रतिशत रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);