अजिरकोटमा सार्वजनिक खरिद ऐनविपरित खरिदबिक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

अजिरकोटमा सार्वजनिक खरिद ऐनविपरित खरिदबिक्री

गोरखा। गोरखाको अजिरकोट गाउँपालिकामा मापदण्ड मिचेर सेटिङमा काम हुने गरेको छ।

ठेक्का दिँदा होस् वा कुनै पनि सामान खरिद गर्दा अनिवार्य रुपमा सार्वजनिक खरिद ऐन बमोजिम गर्नुपर्छ । तर, अजिरकोट गाउँपालिकामा पालिकाका कर्मचारी, जनप्रतिनिधि र व्यवसायीहरू मिलेर सार्वजनिक खरिद ऐनविपरित सेटिङमा काम गर्ने गरेको पाईएको हो । सार्वजनिक खरिद ऐन, २०६३ मा उल्लेख भएअनुसार कुनै पनि सरकारी निकायले प्रतिस्पर्धा गरेर मात्रै सामान खरिद गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले प्रचलित ऐन मिचेर सामान खरिद गरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले औँल्याएको छ।

पालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा पूँजीगत तथा चालु किसिमका वस्तु तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन मिचेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । पालिकाले बजेट किताब छपाइँ, योजना किताब छपाई, पशु तथा कृषि औषधि खरिद गर्दा विभिन्न चार  व्यवसायीलाई कानुन मिचेर खरिद गर्न दिएको भन्दै र दिएको भुक्तानी रकम १६ लाख ८८ हजार सात सय ४८ रुपैँया बेरुजु देखाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);