कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

कञ्चनपुर। कञ्चनपुरमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको मिति २०७९ असार ३१ गतेको फैसलाले ६ महीना २८ दिन कैद फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ बस्ने प्रविण सिह रहेको प्रहरीले जनाएको छ।

उनलाई मंगलबार भिमदत्त ४ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । उनलाई जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

Leave a Reply