हिन्दू राज्य स्थापनाको एजेन्डामा मत माग्दै कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

पोखरा, १६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कास्की कांग्रेसका उम्मेदवारहरुले हिन्दू राज्य स्थापनाको एजेन्डालाई उठाएका छन् ।

विकास निर्माण र समृद्धिसँगै उनीहरुले नेपाललाई हिन्दू राज्य बनाउने एजेन्डालाई मतदातासामु राखेका हुन् । प्रतिनिधिसभाका लागि तीन, प्रदेशसभाका लागि ६ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्यक्षका ९ सहित समानुपातिकतर्फ गरी कांग्रेसका १६ उम्मेदवार छन्।

सबै उम्मेदवकारको तस्वीरसहितको विज्ञापनमा लेखिएको छ, ‘जनमत संग्रहद्वारा हिन्दू राज्यको स्थापना गरौं।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट