एसईईको नतिजा आज, त्यसअघि बोर्डको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

एसईईको नतिजा आज, त्यसअघि बोर्डको बैठक

see exam

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । त्यसअघि आजे दिउँसो २ बजे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालको बैठक डाकिएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने उल्लेख गरे ।

बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।   ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए ।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);