मारवानखोला शिकारी योजनाले किसानको खेतवारी बाहै्मास हरियाली | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

मारवानखोला शिकारी योजनाले किसानको खेतवारी बाहै्मास हरियाली

शम्भू माली ,१३ फागुन कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालीकाको २ वटा बडामा मारवानखोला शिकारी योजना सन्चालनमा आएसंगै किसानको खेतवारी बाहै्रमास हरियाली हुन थालेको छ । बाणगंगा नगरपालीका १६, १७ भलवाडका किसानका खेतवारीमा यसै आर्थिक वर्षदेखी सिचाइ सुविधा पुगेसंगै किसानको खेतवारी बाह्रैमास हरियाली भएका हुन् । सिंचाइ

मारवानखोला शिकारी योजनाले किसानको खेतवारी बाहै्मास हरियाली

शम्भू माली ,१३ फागुन कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालीकाको २ वटा बडामा मारवानखोला शिकारी योजना सन्चालनमा आएसंगै किसानको खेतवारी बाहै्रमास हरियाली हुन थालेको छ । बाणगंगा नगरपालीका १६, १७ भलवाडका किसानका खेतवारीमा यसै आर्थिक वर्षदेखी सिचाइ सुविधा पुगेसंगै किसानको खेतवारी बाह्रैमास हरियाली भएका हुन् । सिंचाइ तथा जलस्रोत आयोजना अन्र्तगत झन्डै ९ करोडको लगानीमा यो योजना सञ्चालनमा आएपछि यसक्षेत्रका ९ सय ६२ विघाह  जमिनमा सिँचाइ सुविधा पुगेको डिभिजन सिचाइ कार्यालय तौलीहवाका प्रमुख नेत्र वोहोराले वताउनुभएको छ ।

सिचाइ डिभिजन कार्यालय तौलीहवाले गत २०७०।७१ बाट शुरु गरेको यो सिंचाइ आयोजना सन्चालनमा आएसंगै स्थानीयका खेतवारी हराभरा भएको किसानहरुको भनाई छ । सिँचाइ सुविधाको अभावमा यसअघि उनिहरु बर्षौदेखि आकासे पानीको भरमा खेती गर्न बाध्य थिए । योजना सन्चालनमा आएसंगै यसभेगका ७ सय घरधुरीका ३५ सय जनताले प्रत्यक्ष फाइदा पाएको डिभिजन सिचाइ कार्यालय तौलीहवाको दावी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);