बाबुरामलाई प्रचण्डको प्रस्ताव समाजवादी केन्द्र निर्माण गरौं | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

बाबुरामलाई प्रचण्डको प्रस्ताव समाजवादी केन्द्र निर्माण गरौं

prachanda-baburam

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बाबुराम भट्टराईसँग समाजवादी केन्द्र निर्माणको प्रस्ताव राखेका छन् । आज बिहान बिहान दुई नेताबीचको ललितपुरमा भएको भेटवार्तामा प्रचण्डले यस्तो प्रस्ताव राखेका हुन् । जनता समाजवादी पार्टीबाट निष्कासनमा परेपछि भट्टराई र प्रचण्डको भेट बाक्लिएको छ। यसअघि गत सोमबार भएको भेटमा भट्टराईले माओवादीमा आफू नफर्किने स्पष्ट रूपमा बताएका थिए । भट्टराईले आफ्नो अडान कायमै राखेपछि प्रचण्डले समाजवादी केन्द्रमार्फत अघि बढ्ने प्रस्ताव राखेका हुन् । ‘आज बिहान अध्यक्ष र बाबुरामबीच छलफल थियो। अध्यक्षले नयाँ केही प्रस्ताव राख्नुभएको हुनसक्छ। उहाँको प्रस्तावबारे पार्टीमा समेत छलफल हुने कुराछ,’ माओवादी केन्द्रका एक नेताले भने ।

Leave a Reply