दुई जना फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दुई जना फरार प्रतिवादी पक्राउ

arrested

नेपालगञ्ज। बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर १५ का अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते नौ महिना २१ दिनको कैद सजाय सुनाएको थियो । त्यस्तै, कोहलपुर नगरपालिका वडा नम्बर १० का सुदिपलाई अदालतले २०७८ माघ ३० गते २८ दिनको कैद सजाय तोकेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);